काठमाडौं, १९ जेठ । प्रधानमन्त्री निर्वाचनको कार्यतालिकाको विषयमा छलफल गर्न सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था समितिको बैठक बोलाएकी छन् ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी भएको स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री निर्वाचनमा कस्तो कार्यतालिका बनाएर जाने भन्ने विषयमा छलफल हुनेछ ।
संसदको बैठक जेठ २१ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रमुख विपक्षी दलको अबरोध भएपछि बिहीबारको संसद बैठकमा सभामुख घर्तीले २१ गतेका लागि संसदको बैठक तोकेकी हुन् ।











प्रतिक्रिया