९ मंसिर २०८३, बुधबार

कांग्रेस–माओवादीबीच मन्त्रालय भागबण्डा सुरु, कस्लाई कुन मन्त्रालय ?

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने नयाँ सरकारका विषयमा कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेताहरूले भित्रभित्रै गृहकार्य सुरु गरेका छन् ।

स्रोतका अनुसार अहिलेसम्मको तयारीअनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले राख्ने संकेत गरेको छ । गृह मन्त्रालय प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रलाई दिने तयारी भएको स्रोतको भनाइ छ ।

स्रोतको दाबी अनुसार अर्थमन्त्रालयको जिम्मेवारी देउवाका विश्वासपात्र रमेश लेखकले पाउने सम्भावना छ । लेखक देउवाको मन्त्रिमण्डलमा दोहोरिने सम्भावना छ ।

अन्य मन्त्रालयहरूका विषयमा भने नेपाल लोकतान्त्रिक फोरम, राप्रपासहितका साना दलहरूसँग परामर्श गरेर वितरण गर्ने तयारी भएको छ ।

सरकार गठन र गृहकार्य स्वरुप नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनले आन्तरिक तयारी थालेको स्रोतको भनाइ छ ।

राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समयसीमा बुधबार मध्यरातिबाट सकिएको छ । राष्ट्रपतिले बिहीबार बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी छिन् । सरासर कार्यक्रम अगाडि बढ्ने हो भने अबको एक हप्ताभित्र कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेछ ।