गुल्मी, १८ जेठ । गुल्मी जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकासहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु बढ्न थालेका छन् ।
रेसुङ्गा नगरपालिकामा एमालेबाट सबै वडाहरूमा अध्यक्षका उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ । नगरका १४ वडामध्ये वडा नं. ७ मा एमालेको तर्फबाट युवा उम्मेदवार मोहनप्रसाद पाण्डेयले टिकट पाएका छन् ।
युवा संघ गुल्मीका हालका अध्यक्ष समेत रहेका पाण्डेय युवाहरूमा लोकप्रिय मानिन्छन् । सानैदेखि लगनशील र पार्टीले तोकेको जिम्मेवारी पूरा गर्न उनी दत्तचित्त भएर लाग्ने निडर युवा नेताका रुपमा चिनिन्छन् ।
समाजको परिर्वतन युवाहरूले सहज रुपमा गर्न सक्छन् भन्ने पाण्डेयको भनाइ छ । आफ्नो उम्मेदवारीलाई पनि उनले सोही रुपमा लिएका छन् । भन्छन्, ‘मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ । मतदाताहरूले निर्वाचित गराउनु हुनेछ भन्ने आशा लिएको छु ।’
पाण्डेय गुल्मी उद्योग वाणिज्य संघको सदस्य रहेर समेत काम गरेका छन् । गुल्मी जिल्लामा रेसुङ्गा मिनी माइक्रो यातायात संचालनमा उनको महत्वपूण भूमिका रहेको छ ।













प्रतिक्रिया