बेसीशहर, १८ लमजुङ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर अव सिसी क्यामेराको निगरानीमा हुनेभएको छ । बजारको चोक चोकमा सिसिक्यामेरा जडान गरेपछि सदरमुकाम सिसी क्यामेराको निगरानीमा रहेको हो ।
आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने र बजारबासीलाई सुरक्षा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सिसी क्यामेरा जडान गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको सक्रियतामा सीसी क्यामरा जडान गरिएको हो ।
बुधबार एक औपचारिक कार्यक्रमका बीच सिसी क्यामेराको उद्घाटन भएको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीले सिसी क्यामेराको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा जिल्लास्थीत राजनितिक दलका प्रमूख, सुरक्षा निकायका प्रमूख एवं सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
बेसीशहरको २३ वटा चोकमा जडान गरिएको सिसी क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालयबाट भएको छ । बजार क्षेत्रमा ट्राफिक नियम उल्लङघन तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरी नायव उपरिक्षक समिर चन्द्र खरेलले बताउनुभयो ।
पाँचसय मिटर दुरीसम्मको क्रियाकलाप प्रस्ट रेकर्ड गर्न सक्ने अत्याधुनिक क्यामेरा जडान गरिएको उद्योग बाणिज्य संघ बेसीशहर इकाईका अध्यक्ष कृष्णजङ गुरुङले बताउनुभयो । ईकाइले प्रथम बेसीशहर महोत्सव सञ्चालन गरी सिसी क्यामरा जडान खर्च संकलन गरेको हो ।












प्रतिक्रिया