बेसीशहर, १८ जेठ । दक्षिण यशीयामै सवैभन्दा बढि धुम्रापान गर्ने महिला नेपालमा रहेको एक तथ्याङकले देखाएको छ । तथ्याङकका अनुसार नेपालका १५ प्रतिशत महिलाहरुले धम्रपान गर्ने गरेको देखीएको छ । विश्व धुम्रपान दिवसको अबसरमा आयोजना गरीएको कार्यक्रमको अबसरमा जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले सो तथ्याङकको बारेमा जानकारी गराउनुभएको हो।
उहाँका अनुसार दक्षिण यशियाका १८ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने गरेकोमा कुल १८ प्रतिशत मध्ये १५ प्रतिशत धुम्रपान गर्ने महिला नेपालमा रहेको उहाँले बताउनुभयो । बिश्व धुम्रपान दिवसको दिन मंगलबार जिल्ला जनस्वास्थ कार्यलय लमजुङको आयोजना तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र लमजुङको समन्वयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला जनस्वास्थय कार्यलय लमजुङमा आयोजना गरीएको कार्याक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यूवराज मैनालीले धुम्रपान मानब स्वास्थ्यका लागी घातक भएको बताउनुभयो । मानब स्वास्थ्यका लागि मध्यपान भन्दा पनि धुम्रपान प्राणघातक रहेको बताउनुभयो । यसको नियन्त्रणका लागी थुप्रै ऐन कानून बनेका छन् तथा कार्यन्वयन को पाटो फितलो भएको उहाँले बताउनुभयो । पछिल्लो समय यूवाहरु दिनानुदिन कुलतमा बस्ने गरेको बताउँदै उहाँले अनुमति बिना सुर्तीजन्य वदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले यसको नियन्त्रणका लागि सर्वप्रथम आँफु प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो । शहरी इलाका भन्दा पनि ग्रामीण इलाकाहरुमा यस सम्वन्धि सचेतना मुलक कार्यक्रम हरु संचालन गर्नुपर्ने उहाँले बताउनुभयो । अभियानको रुपमा एउटा ओडाबाट यसको सुरुवात गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रमको अबसरमा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र का अध्यक्ष ऋषि अधिकारीले धुम्रपान र यसबाट परेको असरको बारेमा जानकारी गराउनुभएको थियो ।
धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठन को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवश मनाउने गरिन्छ । सुर्तिजन्य पदार्थको खपत कम गर्न प्रभावकारी निति निर्माण आवशयक रहेको तर्फ दिवसले विश्व समुदायको ध्यान आकर्षण गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालको तथ्याङकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ ।
सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ । सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।













प्रतिक्रिया