२१ कार्तिक २०८३, शनिबार

सांसद शाहद्वारा क्लबलाई एम्बुलेन्स र स्वयं सेविकाहरूलाई छाता वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, १७ जेठ । संघीय समाजवादी फोरम नेपालका सांसद अभिशेषप्रताप शाहले आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तु– ५ मा निःशुल्क एम्बुलेन्स उपलब्ध गराएका छन् ।

स्व. अजयप्रताप शााह मेमोरियल ट्रस्टमार्फत सांसद शाहले स्थानीय युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । भारतीय राजदूताबासबाट आएको एम्बुलेन्सलाई बुधबार विशेष कार्यक्रम गरी दिगो बिकास युवा क्लब रामनगरलाई हस्तान्तरण गरेको हो ।

स्वर्गीय अजयप्रताप शाहकी आमा मनोरमादेवी शाहले एम्बुलेसको सांचो युवा क्लबका संयोजक दीपेन्द्रसिंह चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्सबाट गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पु-याउन लाग्ने खर्च सांसद शाहले आफ्नो तलबबाट तिर्ने र थप ३ वटा एम्बुलेन्स यस क्षेत्रका जनतालाई दिने बताए ।

क्षेत्र नं.५ का साविक गाविसहरू गणेशपुर, पत्थरदेईया र खुरुहुरियाका कुल ४३ जना महिला स्वयंसेविकाहरूलाई पनि सांसद शाहले निःशुल्क रुपमा छाता वितरण गरेका छन् ।