२१ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरमा शाक्यसहित सबैले लिए सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहित ३२ वडाका निर्वाचित वडाध्यक्ष र सदस्यहरूले जिम्मेवारी सपथ ग्रहण गरेका हुन् ।

प्रमुख शाक्य र उपप्रमुख खड्गीले काठमाडौं जिल्ला न्यायधीश दीपेन्द्र अधिकारी र वडाध्यक्ष तथा सदस्यले प्रमुख शाक्यबाट सपथ ग्रहण गरे ।

नगर प्रमुख शाक्यले आजै दिउँसो ३ बजे पदबहाली गरेका छन् । उनले महानगरपालिकाको कार्यालय बागदरबारस्थित जेडिए कम्प्लेक्समा पदबहाली गरेको महानगरपालिकाले जनाएको छ ।