मुम्बई । अभिनेता सलमान खान र अभिनेत्री कैटरिना कैफले फिल्म यात्रालाई निरन्तर सँगै अघि बढाउने भएका छन् । केही महिनाअघि मात्र ‘टाइगर जिन्दा है’ फिल्ममा अभिनय गरेका यी दुई कलाकार करण जौहरको नयाँ फिल्म ‘रात बाँकी’मा आबद्ध भएका हुन् ।
यो फिल्मको अहिले कास्टिङको काम भइरहेको छ । त्यसमा सलमान खानले आफ्ना ज्वाइँ आयुष शर्मालाई पनि नवनायकका रूपमा उतार्दै छन् । रात बाँकीमा आयुष आएपछि यसअघिका अर्का नवनायक फिल्मबाट बाहिरिएका छन् ।
जबकि, यसअघि यो फिल्ममा कैटरिनासँगै फवाद खान थिए । सलमान भित्रिएपछि फवादको ठाउँमा आयुषले मौका पाउने भएका छन् ।
हाल फुर्सदमा रहेकी कैटरिनाले सलमानसँग पहिला यो फिल्म सक्नेछिन् । बाँकी दुई खानसँग पनि कैटरिनाले नयाँ फिल्म गर्दै छिन् । पहिलो प्राथमिकता भने उनले सलमानलाई दिएकी छन् । – एजेन्सी















प्रतिक्रिया