१५ कार्तिक २०८३, आइतबार

मधेस केन्द्रित दलका शीर्ष नेताहरूलाई भारतले दियो यस्तो निर्देशन

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ ।

राजपाका नेताहरूलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

राजपाका एक नेताले भने, ‘नेपाली कांग्रेसका नेताहरूले भारतीय पक्षलाई गुहार गरेका छन् । उहाँले हामीलाई निर्वाचनमा सहभागी भइदिन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । कांग्रेस सभापतिले भारतीय पक्षसँग कुरा गर्दा हामीलाई सरकारमा सहभागी भइदिनसमेत आग्रह गर्नुभएको छ ।’