२१ कार्तिक २०८३, शनिबार

धनगढी उपमहानगरको मेयरमा काँग्रेसबाट वड निश्चित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १६ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट नृप वडले उम्मेदवारी पाउने लगभग निश्चित भएको छ । काँग्रेस धनगढी उपमहानगरपालिकाका सभापति समेत रहेका वड पार्टीका लागि खट्ने नेता हुन् ।

यसअघि उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारीको दौडमा नगर सभापति वड र महाधिवेशन प्रतिनिधि कृष्ण महराबीच तीब्र प्रतिस्पर्धा रहेको थियो ।

काँग्रेस विश्वस्त स्रोतका अनुसार सोमबार बसेको काँग्रेसका केन्द्रीय पदाधिकारीहरूको बैठकमा वडलाई उपमहानगरपालिका प्रमुख पदको उम्मेदवार बनाउने सहमति भएको हो । यद्यपी, उम्मेदवारीको आधिकारिक घोषणा एक दुई दिनपछि मात्रै हुने जनाइएको छ ।

यस्तै, सभापति शेरबहादुर देउवाले उच्च तहको पार्टीको आन्तरिक बैठकमा धनगढी उपमहानगरपालिकाको मेयर वडलाई दिनुपर्छ भन्ने मनसाय राखेको स्रोतको भनाई छ ।