१ कार्तिक २०८३, आइतबार

फुटबल म्याचका बेला भागदौड हुँदा चार जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिगूसिगल्पा, १५ जेठ । मध्य अमेरिकाको होंडुरासमा एक स्टेडियममा च्याम्पियनशिप फुटबल भइरहेका बेला भगदौड हुँदा चारजनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएका छन् । स्टेडियको क्षमताभन्दा धेरै दर्शक प्रवेश गर्न खोजेपछि सो दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

स्थानीय एक अस्पतालका प्रवक्ता एम. ओसोरिओले राजधानी तिगूसिगल्पामा ३५००० सीट संख्या रहेको नेशनल स्टेडियमको मूलद्वारबाट म्याच हेर्न जबरजस्ती धेरै दर्शक भित्र प्रवेश गर्न खोज्दा भागदौड मच्चिएको थियो ।

सोही क्रममा प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको आरोप छ । त्यसपछि भागदौद भएको समाचारमा उल्लेख छ ।

दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । घटना भएका बेला स्टेडियाममा फुटबल म्याच चलिरहेको थियो । – एजेन्सी