१० मंसिर २०८३, बिहिबार

चुनाव सफल पार्न र एमाले जिताउन तराई झरे युवा संघका केन्द्रीय नेता, ओलीले गरे विदाई (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफल पार्न र तराईमा एमालेलाई बहुमत जित हासिल गराउन युवा संघ नेपाल मधेसमा परिचालन भएको छ ।

युवा संघको चुनावी केन्द्रीत युवा परिचालन अभियानको आइतबार काठमाडौंको माइतीघरबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । दोस्रो चुनावका लागि ‘हरेक बुथमा सय युथ’ अनिवार्य परिचालन गर्ने एवं मधेसका क्षेत्रमा खटिने सबै केन्द्रिय नेताहरुलाई अध्यक्ष ओलीले टिका र सुर्य चिन्ह अंकित झन्डा दिएर आ आफ्नो कार्य क्षेत्रमा खटिन बिदाइ गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन परिणामबाट आत्तिएर कांग्रेस र माओवादीले दोस्रो चुनाव नगराउने षडयन्त्र गरिरहेको आरोप लगाउँदै एमालेलाई त्यो मान्य नहुने बताउनुभयो । उहाँले आफ्नो सरकारको पालामा गरेका महत्वपूर्ण कामको जस वर्तमान सरकारले लिन खोजेकोमा मन्दिर अर्कैले बनायो अनि टुप्पो मैले राखे भनेर प्रचण्डले गर्व गर्नु लोक हसाउने काम भएको बताउनुभयो ।

उहाँले विगत मधेस आन्दोलनमा युवा संघले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा समेत गर्नु भएको थियो ।

करिब दुई हजार युवाले खचाखच भरिएको समारोहमा एमाले उपाध्यक्ष वामदेव गौतमले युवाहरु सशक्त भएर दोस्रो निर्वाचनमा परिचालित भई अहिलेको भन्दा दोब्बर परिणाम ल्याउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति युवा संघका अध्यक्ष राजीव पहारीले विगतको अफ्टयारो समयमा मधेसमा चलाइएको अभियान अव निर्वाचन मार्फत जनप्रतिनिधिमा हस्तान्तरण गर्ने महान अभियान सफल बनाउन भएकाले युवाहरु जिम्मेवार भएर मधेसमा परिचालित हुने बताउनुभयो ।

कार्यक्रममा चुनावी गीतमा अध्यक्ष ओलीसहित उपाध्यक्ष गौतम, युवा संघ अध्यक्ष पहारी लगायत नेता कार्यकर्ता नाच्दा माहोल हेर्न लायक बनेको थियो ।