९ मंसिर २०८३, बुधबार

धादिङमा बस दुर्घटना, दुई जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १४ जेठ । धादिङ जिल्लाको भकारेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा २४ यात्रु घाइते भएका छन् ।

सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङस्थित भकारेमा दुर्घटना भएको हो ।

ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब २ सय मिटर तल जंगलमा खसेको छ । दुर्घटना स्थलमा स्थानीयहरुले उद्धार गरिरहेका छन् । धादिङबेसीबाट प्रहरीको टोली उद्धारको लागि जाँदैछ ।

एम्बुलेन्सहरु पनि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ओरालो कच्ची सडकमा छेउबापट्टी खसेको उद्धारमा संलग्न विजय इटनीले जानकारी दिए । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।