९ मंसिर २०८३, बुधबार

महाभियोग प्रस्ताव फिर्ता लिन निवेदन दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन् ।

प्रस्तावक विश्वकर्माले आइतबार सभामुख ओनसरी घर्तीलाई निवेदन दिएर तत्कालका लागि महाभियोग प्रस्ताव अगाडि नबढाउन माग गरेका हुन् ।

‘दलहरुबीच महाअभियोग प्रस्ताव अघि नबढाउने सहमति भएकोले हाललाई अघि नबढाउनको लागि निवेदन दिएको छु । सभामुखले आवश्यक पहल लिएर दलहरूबीच भएको सहमति अनुरुप यसलाई कार्यान्वयन गर्ने हुनेछ’, विश्वकर्माले भने ।

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन उनले प्रमुख प्रतिपक्ष एमालेसँग संसद गतिरोध अन्य गर्ने विषयमा शनिबार भएको सहमति अनुसार निवेदन दिएको बताए ।