१ कार्तिक २०८३, आइतबार

अन्तरविद्यालय बास्केटबलमा भद्रकालीको फराकिलो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । प्रथम केभीकेएसएस कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आइतबार भद्रकाली स्कुलले फराकिलो जित हासिल गरेको छ ।

सिनियर छात्रको खेलमा भद्रकालीले सेन्ट जोसेफ स्कुलविरुद्ध ५६–७ को फराकिलो जित हासिल ग-यो । भ्रकालीको जितमा सुजन महर्जनले २७ स्कोर गरे ।

टोखास्थित आयोजकको कोर्टमा भएको सिनियर छात्रको अन्य खेलमा ज्ञान सिन्धुले आयोजक काठमाडौं विद्याकुञ्ज स्कुललाई ३८–३४ स्कोरले स्तब्ध बनायो । ज्ञानसिन्धुको जितमा आशिश शर्माले १० स्कोर गरे ।

यस्तै बाबाले ग्रीनल्यान्डलाई ४९–४३ स्कोरले हराउँदा बुद्ध तामाङले १५ स्कोर गरे । सिनियर छात्रमै बुद्ध एकेडेमीले स्किभ्सलाई ३६–२६, ह्वाइट फिल्डले सेबलाई ५४–४२ स्कोर पाखा लगायो ।

यसैगरी सिनियर छात्राको खेलमा प्रमिला जाजरियाको १९ स्कोरको मद्दतमा ग्रीनल्यान्डले कान्तिपुरलाई २५–७ स्कोरले हराउन सफल भयो । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ १२ टोलीको सहभागिता रहेको छ ।