भरतपुर, १४ जेठ । भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीच मतअन्तर एकाएक कम भएको छ ।
दुई वटा वडाको मत गणना गर्न बाँकी रहुँदा देवीभन्दा रेणु ७८४ मतले पछाडि परेकी छिन् ।
२१ नं. वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्यासी १ हजार ५३६ मत ल्याएर विजयी भएका छने । सो वडामा रेणुले उल्लेख्य मत पाएकी छन् ।
पछिल्लो परिणामअनुसार एमालेका ज्ञवालीले ४० हजार ९८० मत पाएका छन् । रेणुले ४० हजार १९६ मत पाएकी छिन् ।











प्रतिक्रिया