२१ कार्तिक २०८३, शनिबार

चक्रपथ सफाइ अभियानले थप तीब्रता पायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । चक्रपथ सफाइ अभियान प्रारम्भ भएको सातौ हप्ता हुँदा फोहर संकलन गर्नेहरूको सख्या स्वतस्फुर्त रुपमा निकै बढेको छ ।

प्रत्येक हप्ता हुने चक्रपथ सफाइ अभियानको क्रममा आज सातौ हप्ता भएको फोहर संकलनका क्रममा १८ टन बढी फोहर संलन भएको बताइएको छ

बसुन्धरा भन्दा अगाडिबाट नारायणगोपालचोक पुगेर पहिले सफा गरिएको स्थानमा पनि पुनः बाँकी रहेको फोहर संकलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर समापन भएको थियो ।

फोहर संकलन अभियानमा काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समूह होटल ब्यबसायी संघ, पत्रकार, कलाकार रानीबारी समाज, हिमालय बाताबरण, हेराल्ड एकेडेमी लगायतका सस्थाको ब्यापक सहभागिता रहेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रभाबकारी सहभागिताले फोहर संकलन अभियानलाई थप प्रभाबकारी बनाएको फोहर संकलन अभियानका संयोजक एवं ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताउनुभएको छ ।

चक्रपथको वरिपरि बढदै गएको फोहरलाई ध्यानमा राखी चक्रपथ सफाई अभियानलाई थप प्रभाबकारी बनाउदै लगिएको छ र सो अभियानमा बिभिन्न क्षेत्रका बिशिष्ट ब्याक्तित्वहरु कसैको मातहतमा नभएर स्वतस्फुर्त रुपमा सहभागी भएको वरिष्ठ पत्रकार टंक पन्तले जानकारी दिनुभयो ।

हुन पनि चक्रपथ सफाइ अभियान एउटा स्वतन्त्र र स्वतस्फुर्त रुपमा प्रारंभ भएको अभियान हो । तर पनि बागमति सफाई अभियान, बिष्णुमति सफाई अभियान लामो समय देखि चल्दै गर्दा चक्रपथ सफाइ अभियान पनि प्रारंभ भएको यथार्थतालाई कसैले नकारेको छैन ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको सयोजनमा स्वतस्फुर्त रुपमा सचालित चक्रपथ सफाइ अभियान सातौ हप्ता प ग्रिनसिटी अस्पताल बसुन्धरा देखि नारायणगोपाल चोक पुग्दा सम्म ९० टन फोहर संकलन भैसकेको छ । अब अर्को हप्ता अर्थात आठौ हप्ता ग्रिनसिटी अस्पतालबाट बसपार्कतिर फोहर संकलन गर्ने योजना रहेको बताइएको छ ।

वाताबरण संरक्षणका बिषयमा पनि पत्रकारितामार्फत बिगत २५ वर्षदेखि कलम चलाएको भनी गत बर्ष नेपाल सरकारबाट पुस्कृत भैसक्नुभएका बरिष्ठ पत्रकार टंक पन्तले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्न र आफनो वरपर पनि सफा गर्नका लागि बिशेष भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

बरिष्ठ पत्रकार पन्तले सफाई अभियानलाई थप प्रभाबकारी बनाउन सबैको भुमिका उत्तिकै जरुरी हुने भएकोले धेरै बोल्ने भन्दा काम प्रतिको बिश्वास बढाउन बिशृेष आग्रह गर्नुभएको छ ।

हास्यकलाकार अर्जुन घिमिरे(पाडे)ले फोहर संकलन अभियान जस्तो पबित्र कार्यमा लाग्नेहरुलाई थप उत्साहित र चक्रपथ वरिपरि रहेकालाई सफाई अभियानमा सहभागी हुन प्ररित गर्ने गरी सन्देशमुलक प्रस्तुती राख्नुभएको थियो । उहाले आगामी दिनमा अन्य चर्चित कलाकारहरुलाई फोहर संकलन अभियानमा सहभागी गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा बिष्णु गौतम , सफाई अभियानता केशब पुडासैनी , कलाकार तिलक बस्नेत, जेनिथ शर्मा, प्रहरी जवान सुधा राई, हेराल्ड एकेडेमीका प्रतिनिधिले अभियानमा आआपनो क्षेत्रबाट सबैको प्रभाबकारी सहभागिताको खाचो रहेको औल्याउनुभएको थियो ।

धापासी हरिहर आश्रम नजिक रहेको जंगल भित्रको काम नलाग्ने झाडी सफा गर्ने कार्य पनि प्रारंभ भएको छ । धापासी शिबमन्दिर टोल सुधार र पुर्ब सैनिक समाजले संयुक्त रुपमा प्रारंभ गरेको सो सफाई अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने समितिका अध्यक्ष ध्रुबबन्धु अर्यालले जानकारी गराउनुभएको छ । जंगलको काम नलाग्ने झाडी सफा गरी बृक्षारोपण गर्ने योजना रहेको छ । सो कार्यमा स्थानीय बासीहरुको सक्रिय सहभागिता रहने गरेको छ ।