९ मंसिर २०८३, बुधबार

‘विप्लव’ नेतृत्वको ‘नेकपा’का तीनजना नेता एकाबिहानै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर, १४ जेठ । रौतहट जिल्लामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ ।

चन्द्रनिगाहपुर नगरपालिकाको बागमतीबाट प्रहरीले आइतबार बिहान तीन जना नेतालाई पक्राउ गरेको नेकपा रौतहटद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेकपा रौतहटका इञ्चार्ज विजयलाल सिंह र जिल्ला सेक्रेटरी विष्णु बरालद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्ति अनुसार नेपाल प्रहरीका डिएसपी यादव ढकालको नेतृत्वमा रहेको टोलीले तीन जना नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेर लगिएको हो ।

पक्राउ पर्नेमा रौतहट जिल्ला सचिवालय सदस्य होमप्रकाश गौतम, जिल्ला सदस्य विशाल लामा र कार्यकर्ता भुपाल राई रहेका छन् ।

जारी विज्ञप्तिमा सशस्त्र द्वन्द्वकालको संकटकालको स्मरण हुने गरेर सुरक्षा निकायबाट गविविधी गरेको आरोप नेकपाले लगाएको छ । नेकपाले पक्राउ परेका आफ्ना तीन जना नेताहरूलाई रिहाइ गर्न माग पनि गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन विथोल्ने कार्यक्रम सुरु गरेपछि सुरक्षा निकायले उनीहरूलाई पक्राउ गरेको स्रोतको भनाइ छ ।