काठमाडौं, १४ जेठ । नेपाल आर्मीका राजन खत्रीले पहिलो खुल्ला कैलाश काठमाडौं एवेरेस्ट अल्ट्रा दौडको उपाधि माथि कब्जा जमाएका छन् ।
नेपाल माउन्टेन रनिंग संघको आयोजनामा शनिबार काठमाडौंको चोभार देखि सुरु भएर चाल्नाखेल–चारभन्ज्याङ्ग–हातिबन रिसोर्ट–चम्पादेबी हुँदै चोभार जलबिनायक मन्दिरमा आएर समापन भएको थियो ।
त्यस्तै दोस्रो र तेस्रो क्रमश चौथो क्रमश नेपाल आर्मीकै टीकाराज कटवाल, हरि रिमाल, रामजी बस्नेतले बाजी मारेका छन् ।
करिब १५.२ किलो मिटर रहेको दौडमा खत्रीले १ घण्टा ३५ मिनेट, कटवालल १ घण्टा ३८ मिनेट, रिमालले १ घण्टा ४० मिनेट, बस्नेतले १ घण्टा ४० मिनट ५१ से तथा पाचौ आउने नबराज साउतले १ घण्टा ४१ मिनेटमा दुरी पार गर्न सफल भएका छन् ।
पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले ५ हजार र पाचौले पच्चीस सय मेडल सहित प्रमाण पत्र प्राप्त गरेका छ ।
राखेपाका सदस्य सचिब केशब कुमार बिष्ट, राखेपका कार्यकारी सदस्य उपेन्द्र पौडेल, नेपाल माउन्टेन रनिंग संघका अध्यक्ष संजय पण्डित, नेपाल ओलम्पिक कमिटीका सदस्य निलेन्द्रराज श्रेष्ठ, नेपाल एथलेटिक्स संघका सदस्य सन्तोष श्रेष्ठले संयुक्त रुपमा मेडल, नगद, प्रमाण पत्र प्रदान गरेका थिए ।















प्रतिक्रिया