२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आइएमई बैंकको एकैदिन उपत्यकामा दुई शाखा विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Glowal-IME-Bank-Branch-Openaing

काठमाडौं, २८ असोज ।  ग्लोबल आइएमई बैंकले एकैदिन काठमाडौं उपत्यकामा दुई शाखा विस्तार गरेको छ ।

एयरपोर्टमा खोलिएको नयाँ शाखाको नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर गोपालप्रसाद काफ्ले र ललितपुर जिल्लाको नख्खुमा बिस्तार गरिएको शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठले उदघाटन गर्नुभएको हो ।

विदेश जाने र विदेशबाट आउनेहरुको व्यापक चहलपहल रहने एयरपोर्ट क्षेत्रमा रेमिट्यान्स सेवालाई अझ सहज र प्रभावकारी बनाउनको लागि एयरपोर्ट शाखामा ‘रेमिट्यान्स सर्पोट सेन्टर’ पनि स्थापना गरिएको छ ।

थप गरिएका यी दुई शाखासँगै बैंकका काठमाडौंभित्र २९ वटा शाखा पुगेका छन भने देशभर ८४ पुगेका छन् । त्यस्तै, बैंकको एटिएम संख्या ८१, शाखारहित बैंकिङ्ग सेवा २९ तथा ग्राहक संख्या ५ लाख भन्दा बढी पुगेको छ ।