९ मंसिर २०८३, बुधबार

एमाले दवावपछि झुक्यो सरकार ! महाभियोग फिर्ता गर्ने सहमति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमाले संसद अबरोध गरेपछि सनद खुलाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूले महाभियोग प्रस्ताव फिर्ता लिने सहमति गरेका छन् ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले महाभियोग प्रस्ताव फिर्ता लिने सहमति गरेका हुन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका अनुसार महाभियोग प्रस्ताव फिर्ता लिन सत्तारुढ दलहरू तयार भएपछि सदन चल्न दिने सहमति भएको हो ।

एमालेले महाभियोग प्रस्ताव फिर्ता लिन दवाव दिन सदन अबरोध कायम राखेको थियो ।

एमालेसँगको सहमति अनुसार मधेस र थारु आन्दोलनका बेला मुद्दा लागेकाहरूको मुद्दा पनि फिर्ता नलिने सहमति भएको छ । एमालेले मधेस र थारु आन्दोलनका बेला जघन्य अपराधमा संलग्नहरूको मुद्दा फिर्ता लिन नपाइने भन्दै आएको थियो ।

सरकारले मधेस केन्द्रित दल र थारु नेताहरूसँगको सहमति अनुसार आन्दोलनका बेला मुद्दा लागेकाहरूको राजनीतिक मुद्दा फिर्ता गरेर क्षतिपूर्ति दिने सहमति गरेको थियो । तर, एमालेले सो सहमतिको विरोध गर्दै आएको थियो ।