काठमाडौं, १३ जेठ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई धेरै पछाडि पार्ने दाबी गरेका छन् ।
काठमाडौंको बबरमहलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता नेपालले एमालेको विरोध गर्नेहरूलाई बत्ती बालेर खोज्नुपर्ने अबस्था आउने बताए ।
‘पहिलो स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको छ । कांग्रेस एमालेभन्दा धेरै पछाडि छ’, उनले भने, ‘तराईका जिल्लाहरूमा पनि कांग्रेसभन्दा ठूलो दल बन्ने छौँ ।’











प्रतिक्रिया