सर्लाही, १३ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले सर्लाही जिल्लाको हरिवन नगरपालिकामा हरि खड्कालाई मेयरको टिकट दिएको छ ।
चुरेभावर पार्टीको शुक्रबार सर्लाहीमा बसेको जिल्ला नेतृत्व र जिल्ला कार्यसमितिको संयुक्त बैठकले हरिवन नगरको मेयरमा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सर्लाहीका साथै अन्य जिल्लाहरूका विषयमा पनि टिकट वितरणको कार्य भइरहेको बताए ।
‘तराईका अधिकांश नगर र गाउँपालिकाहरूमा उम्मेदवारी दिन्छौँ’, अध्यक्ष न्यौपानेले भने, ‘चुरेभावर पार्टी उत्पत्ति भएको जिल्ला सर्लाहीले हाम्रा लागि विशेष महत्व राख्छ ।’
चुरेभावर पार्टीबाट मेयर पदको टिकट पाएका हरि खड्का सर्लाही जिल्लामा लोकप्रिय मानिन्छन् ।












प्रतिक्रिया