बर्दिया, १२ जेठ । निर्वाचनको मिति नजिकिँदै गएसँगै बर्दिया जिल्लामा रहेका मुख्य दलहरूले स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाउँदै गएका छन् । लामो छलफल र रस्साकस्सीका बीच कांग्रेस, माओवादी केन्द्र र राप्रपाले उम्मेदवार टुंगो लगाएका हुन् । एमालेले भने यसअघि नै उम्मेदवार टुंगो लगाइसकेको छ ।
गुलरिया नगरपालिका
कांग्रेस : मयेर मुक्तिनाथ यादव (किट्टु), उपमेयरमा सुशीला गिरी
नेकपा एमाले : मेयर हरि ज्ञवाली, उपमेयर टिका सम्सेली मगर
माओवादी केन्द्र : मेयर गेहेन्द्र ढकाल, उपमेयर मोहनकुमारी फुँयाल
राप्रपा : मेयर मनोज वर्मा, उपमेयर टुंगो लाग्न वाँकी
बासगढी नगरपालिका
कांग्रेस : मेयर गंगाधर पौडेल, उपमेयर रत्ना चौधरी
नेकपा एमाले : मेयर शालिकराम अधिकारी, उपमेयर शुष्मा चौधरी
माओवादी केन्द्र : मेयर विनाराम थारु र उपमेयर भूमी विक
राप्रपा : मयेर रमचरण चौधरी र उपमेयर धनादेवी थापा
ठाकुरबाबा नगरपालिका
कांग्रेस : मेयर टुंगो लाग्न बाँकी
नेकपा एमाले : मेयर घननारायण श्रेष्ठ, उपमेयर वीना भट्राई
माओवादी केन्द्र : मेयर नेत्रप्रसाद आचार्य , उपमेयर कृष्ण थारु आस्था
राप्रपा : मेयर श्रीराम थारु, उपमेयर अमृता खड्का
बाराबर्दिया नगरपालिका
कांग्रेस : मेयर परशुराम चौधरी, उपमेयरमा कोपिला गिरी
नेकपा एमाले : मेयर रामबहादुर चौधरी, उपमेयर पुष्पा वली
माओवादी केन्द्र : मेयरमा दुर्गाबहादुर थारु, उपमेयरमा सुभरानी थारु
राप्रपा : मेयरमा हरिश्चन्द्र शाह, उपमेयरमा जयन्ती विष्ट
मधुवन नगरपालिका
कांग्रेस : टुंगो लाग्न बाँकी
नेकपा एमाले : मेयर दुर्गाबहादुर वली, उपमेयर हीरा चौधरी
माओवादी केन्द्र : मेयर गणेश केसी, उपमेयर शुभरानी थारु
राप्रपा : मेयर नरेशजंग शाह, उपमेयर शारदा सिंह
राजापुर नगरपालिका
कांग्रेस : मेयर पदमा दीपकजंग शाह, उपमेयर तारा चौधरी
नेकपा एमाले : मेयर पहाडी थारु, उपमेयर कृष्णी चौधरी
माओवादी केन्द्र : टुंगो लाग्न वाँकी
राप्रपा : मेयरमा जीवराज रेग्मी, उपमेयरमा रामकली थारु
बढैयाताल गाउँपालिका
कांग्रेस : अध्यक्षमा मानबहादुर वुढा, उपाध्यक्षमा भगनदैया चौधरी
नेकपा एमाले : अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपा गौतम
माओवादी केन्द्र : अध्यक्ष लल्लुराम थारु, उपाध्यक्ष राधा आचार्य
राप्रपा : अध्यक्षमा कलबहादुर हमाल, उपाध्यक्षमा सीतादेवी पौडेल
गेरुवा गाउँपालिका
कांग्रेस : अध्यक्ष जवानसिंह केसी, उपाध्यक्षमा हेमकुमारी चौधरी
नेकपा एमाले : अध्यक्ष नुतनकुमार चौधरी, उपाध्यक्ष मञ्जु शर्मा
माओवादी केन्द्र : अध्यक्ष वेगराज थारु, उपाध्यक्षमा लिला थारु
राप्रपा : अध्यक्ष टेकराज थारु, उपाध्यक्षमा सरस्वती चौधरी












प्रतिक्रिया