९ मंसिर २०८३, बुधबार

काठमाडौंमा शाक्य १५ हजार मतसहित अगाडि, भरतपुरमा मतअन्तर घट्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले ५२३९० मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ३६९८१ मत पाएका छन् । विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले १९२५६ मत पाएकी छिन् । शाक्ले १५४०९ मतसहित जोशीलाई पछाडि पारेका छन् ।

उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ४८१०१ मतसहित अग्रता लिइरहेकी छिन् । उनलाई राप्रपाका राजाराम श्रेष्ठले २८४२० मतसहित पछ्याइ रहेका छन् ।

उता, भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले ३२२५३ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३०९१६ मत पाएकी छिन् । देवी र रेणुबीच १३३७ मतको अन्तर छ ।