९ मंसिर २०८३, बुधबार

राजपा अध्यक्षमण्डलको बैठक बिजुलीबजारमा, आन्दोलन घोषणा हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । निर्वाचनमा भाग लिने वा आन्दोलनमा सहभागी हुने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ ।

अहिले केही समयपछि बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आन्दोलन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने राजपाका नेता केशव झाले जानकारी दिए ।

झाले भने, ‘अध्यक्षमण्डलको बैठकले संघर्षमा जाने वा स्थानीय तहको निर्वाचनलाई के गर्ने भन्ने विषयमा ठोस निर्णय गर्नेछ । त्यसपछि संघीय गठबन्धनको बैठक बसेर एउटा निर्णय लिने छौँ ।’

राजपाका अर्का नेता मनीषकुमार सुमनले माग सम्बोधनका विषयमा खासै उलब्धि नभएकाले आन्दोलनको विकल्प नरहेको बताए । उनले भने, ‘आन्दोलनका लागि दवाव परिरहेको छ । सम्भवत आजै आन्दोलन आउन सक्छ ।’

विगत दुई दिनदेखि लगातार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक बस्दै आएको छ । बैठक बसेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन ।