म्याग्दी २७, असोज । ग्रीन डेभलपमेण्ड बैंकले म्याग्दी जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ ।
बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले सोमबार सदरमुकाम बेनीमा औपचारिक कार्यक्रम गरी शाखा विस्तारसँगै कारोबार शुरु गरेको हो ।
नेपाल सरकारबाट ‘ख’ वर्गको बैंकको इजाजत पाएको बैंकले ३ ओटा जिल्लामा कारोबारको अनुमति पाएको छ ।
उक्त बैंकको अधिकृत पुँजी ३२ करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ५ करोड ५० लाख रहेको बैकका सञ्चालक समिति अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकमा म्याग्दी, बागलुङ र पर्वतका लगानीकर्ताको प्रयासमा खोलिएको बैंकमा ५२ जना सञ्चालकहरुको लगानी रहेको छ ।
बैकबाट कृषि कर्जा, आवधिक कर्जा, आवास कर्जा, साना तथा मझौला उद्यमी कर्जा, व्यक्तिगत कर्जा, रेमिट्यान्सलगायतका सेवा प्रदान गर्ने शाखा प्रबन्धक दिपेन्द्र शर्माले बताउनुभयो ।
सर्वसाधरणलाई गुणस्तरीय तथा भरपर्दाे बैंकिङ सेवा उपलब्ध गराउने, कृषि, औद्योगिक र व्यापारीक क्षेत्रमा गतिशिलता बढाउने तथा देशको समग्र वित्तीय प्रणालीमा विश्वसनीयता बढाउनेलगायतका उद्देश्यहरु रहेको सो बैंकले जनाएको छ ।
बैंकमा दम्पती, नारी, बाल एवं कर्मचारी बचत योजनाहरु रहेको बताइएको छ ।













प्रतिक्रिया