९ मंसिर २०८३, बुधबार

किन उत्साहित भइन् रञ्जु दर्शना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा विवेकशील नेपाली दलकी रञ्जु दर्शना उत्साहित देखिएकी छिन् ।

शुक्रबार साँझसम्मको मतपरिणाममा रञ्जु तेस्रो स्थानमै कायम छिन् । उनले २१ हजार ६३ मत ल्याएकी छिन् । रञ्जुलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् । थापाले १६ हजार ३ सय ३५ मत ल्याएका छन् ।

रञ्जुले माओवादीको भन्दा दोब्बर मत पाएकी छिन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले ९ हजार ३ मत पाएका छन् ।

एक लाख ७५ हजार ७ सय २२ मत गणना भएकोमा एमालेका विद्यासुन्दर शाक्य अग्रपंक्तिमा छन् । उनले काँग्रेसका राजुराज जोशी भन्दा झण्डै १७ हजार मत बढी ल्याएका छन् ।

शाक्यले ५७ हजार ९ सय ५७ मत पाएका छन् । यसैगरी, दोस्रो स्थानमा रहेका जोशीले ४० हजार ६ सय ९० मत पाएका छन् ।

‘मन जित्यौं’

यसैबीच, विवकेशील नेपाली दलकी मेयरकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौंको विश्वासको आधारमा आफूहरु विजयी भएको बताएकी छिन् ।

काठमाडौंको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै रञ्जुले मतका आधारमा पछि रहे पनि काठमाडौंको विश्वासका आधारमा आफूहरु विजयी भएको बताइन् ।

उनले नेकपा एमालेका तर्फबाट महानगरको मेयरमा जित सुनिश्चित बनाएका एमालेका विद्यासुन्दर शाक्यलाई बधाई पनि दिइन् । उनलाई आफूलाई मत दिने सबैलाई धन्यवाद पनि दिइन् ।