९ मंसिर २०८३, बुधबार

एमालेबाट निर्वाचित महालक्ष्मी नगरका मेयर श्रेष्ठले पदभार सम्हाल्दै बढाए वृद्ध भत्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ११ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा एमालेबाट ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचित मेयर रामेश्वर श्रेष्ठले राज्यले दिने वृद्धभत्तामा नगरभित्र थप दिने निर्णय गर्नुभएको छ ।

कांग्रेसका महेश खड्कालाई ९५९ मतले हराउँदै जेठ ८ गते मेयर निर्वाचित श्रेष्ठले बुधबार पदभार ग्रहण गर्दै सरकारले दिने चौमासिक ८ हजार रुपैयाँमा थप ५ सय रुपैयाँ दिने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सामाजिक सुरक्षा भत्ताले वृद्धबृद्धामा आत्मबल बढेको बताउँदै उहाँले नगरले त्यसमा सानो रकम थपेर आफ्नो उत्तरदायित्व पूरा गरेको बताउनुभयो ।

श्रेष्ठले वृद्धभत्ता नगरपालिकाको स्रोतबाट बढाउने कुरा निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा पनि उल्लेख गर्नुभएको थियो । अहिले निर्वाचित भएसँगै उहाँले प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउनुभएको हो ।

यस्तै, नवनिर्वाचित मेयर श्रेष्ठले नगरपालिकाको योजनाबद्ध विकासका लागि विज्ञसमेत रहने गरी निर्देशक समिति गठन गर्ने निर्णय पनि गर्नुभएको छ । नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरुले बुधबार नै शपथ लिएका थिए ।