९ मंसिर २०८३, बुधबार

विप्लव र बाबुरामको पार्टीमा पहिरो गयो, शीर्ष नेताहरू माओवादी केन्द्रमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेताहरू विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

काठमाडौंका लाजिम्पाटमा बिहीबार बिहान भएको कार्यक्रममा टिआर खम्बु, नयाँ शक्तिका डा. चेतकुमारी गुरुङ, डा. चन्द्र लक्जम्बा लगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेताहरू बीरेन्द्र राई, प्रकाश राई, धिरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, बिनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदीप बस्नेत, संघीय समाजवादी फोरमका नेताहरू दीपक झा, खबीराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरू राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, बिशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहीत अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादमा पुग्ने बताउनुभयो ।

पार्टी प्रवेश गर्दै नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

कामचलाउ सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईहरू जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरू संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईहरुको ठूलो योगदान रहनेछ ।’