९ मंसिर २०८३, बुधबार

सानेपामा सकियो कांग्रेसको बैठक, के–के विषयमा भयो छलफल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले आफ्नो ध्यान दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको कांग्रेसका पदाधिकारी र प्रभावशाली नेताहरूको बैठकले तत्कालका लागि निर्वाचनमा सबै ध्यान केन्द्रत गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन सर्ने हल्ला चलिरहेका बेला कांग्रेसले दायाँबायाँ नगरेर निर्वाचनमा लाग्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छ ।

बैठकपछि सम्वाददाताहरूसँग कुरागर्दै कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नयाँ सरकार गठनका विषयमा कुनै छलफल नभएको बताउनुभयो । ‘नयाँ सरकार गठनका विषयमा आजको बैठकमा छलफल भएन’, उहाँले भन्नुभयो, ‘दोस्रो चरणको स्थानीय तहको निर्वाचन कसरी सफल बनाउने र उम्मेदवारहरूको छिटोभन्दा छिटो टुङ्गो लगाउनु पर्छ भन्ने विषयमा छलफल भयो ।’

दुर्गमका स्थानीय तहमा पहिला टिकट वितरण गर्नुपर्ने सैद्धान्तिक सहमति भएको बताउँदै नेता केसीले त्यसपछि मात्रै सुगमका स्थानीय तहका टिकट वितरणमा ध्यान दिने बताउनुभयो । टिकट वितरणका लागि मापदण्ड बनाएर जिल्लाहरूलाई निर्देशन दिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको दोस्रो दिन पार्टी मुख्यालयमा बसेको बैठकमा सरकार गठनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।