९ मंसिर २०८३, बुधबार

भरतपुर महानगरको अपडेटः देवी ज्ञवालीको खड्को टर्यो, रेणुलाई सकस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाएका छन् । काँग्रेस बाहुल्य रहेको क्षेत्रमा समेत ज्ञवालीले निरन्तर अग्रता लिएपछि उनको जित्ने सम्भावना बढेको एमालेजनहरु बताउँछन् । रेणुले निरन्तर प्रतिस्पर्धा गरे पनि मतअन्तर खासै घटेको छैन् । उनलाई जित्नलाई सकस नै देखिएको छ । मतपरिणामहरुलाई हेर्दा थोरै मतअन्तरले हार जित हुने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार, मेयर पदमा एमालेका देवी ज्ञवालीले ३६ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३४ हजार ६ सय ७३ मत प्राप्त गरेकी छन् । रेणुभन्दा एमालेका ज्ञवाली १८ सय ८५ मतले अगाडि छन् ।

भर्खरै गणना भएको २३ नम्बर वडा पनि एमालेकै पोल्टामा गएको छ ।