२१ कार्तिक २०८३, शनिबार

यस्ता छन् पाँचथर कांग्रेसका गाउँपालिकाका उमेदवारहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, ११ जेठ । नेपाली कांग्रेस पाँचथरले गाउँपालिकाहरूमा प्रमुख र उपप्रमुखहरूको नाम सार्वजनिक गरेको छ ।

पाँचथर जिल्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् । नगरपालिकामा भने उम्मेदवार पछि घोषणा गरिनेछ । बुधबार पत्रकार सम्मेलन कांग्रेस पाँचथरले उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

क्लिाजुङ गाउँपालिकाको प्रमुखमा खड्गसुन्दर लावती, उपप्रमुखमा सुनमाया राई, तुम्वेवा गाउँपालिकाको प्रमुखमा होमनाथ थापा, उपप्रमुखमा टेककुमारी कुरुम्बाङ, कम्मायक गाउँपालिकाको प्रमुखमा बमप्रसाद लावती, उपप्रमुखमा सूर्यकुमारी नेम्वाङलाई कांग्रेसले उम्मेदवार बनाएको जनाएको छ ।

त्यस्तै फाल्गुनन्द गाउँपालिकाको प्रमुखमा अमरकुमार नेम्वाङ, उपप्रमुखमा देवीत्रा आङदेम्बे, फालेलुङ गाउँपालिकाको प्रमुखमा सञ्चकुमार केरुङ, उपप्रमुखमा हीमा अधिकारी, हिलिहाङ गाउँपालिकाको प्रमुखमा समरबहादुर अधिकारी, उपप्रमुखमा ताराकुमारी योङहाङ उम्मेदवार बनेका छन् ।

त्यस्तै याङवरक गाउँपालिकाको प्रमुखमा शेरबहादुर नुगो, उपप्रमुखमा भने तालमेल गर्ने कांग्रेस पाँचथरले जनाएको छ ।

नगरपालिकाको मेयर र उपमेयरका लागि भने कांग्रेसले निर्णय गरी नसकेको पाँचथर कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिएका छन् ।