काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा दिएको सम्बोधन सकिए लगत्तै नेकपा एमालेको स्थायी समितिको बैठक बसेको छ ।
भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा स्थायी समितिको बैठकका लागि चार बजे जम्मा भएका नेताहरूले संयुक्त रुपमा टेलिभिजनमा प्रचण्डको सम्बोधन सुनेका थिए । सम्बोधन सकिएको केही समयपछि स्थायी समितिको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालको राजीनामा र त्यसपछिको अवस्थाका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
दुई दिनदेखि लगातार संसद अबरोध गरेको एमालेले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको हो ।
बैठकमा संसदको गतिरोध, सरकारको नीति तथा कार्यक्रम र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा स्थायी समितिमा छलफल हुनेछ ।
प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आरोप लागिरहेका बेला एमालेका अध्यक्ष ओली स्थायी समितिको आकस्मिक बैठक बोलाएका हुन् ।











प्रतिक्रिया