काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गर्नुभएको हो । सम्बोधनका क्रममा प्रचण्डले ‘सफल प्रधानमन्त्रीको रुपमा विदा लिन पाउँदा खुशी छु’ भन्नुभयो ।
गत वर्षको साउन १९ गते दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित प्रचण्ड २०६५ साल साउनमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रचण्डले राजीनामा दिएसँगै गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम अब कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।












प्रतिक्रिया