९ मंसिर २०८३, बुधबार

मोरङमा एमालेको ‘आक्रामक’ तयारी, उम्मेदवार भन्छन्- अब कसैका हत्केलाले सूर्य छेकिने छैन्

15.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

उर्लाबारी, १० जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा पूर्वको मोरङमा नेकपा एमालेले चुनावी तयारी आक्रामक ढंगबाट गरिरहेको छ । जेठ ३१ गते चुनावका लागि एमालेले मोरंगको उर्लाबारीमा भातृ संगठनलाई सक्रिय पारेको हो । उनीहरुले चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यसक्रममा मंगलबार युवाहरुको बृहत भेला गरी पार्टीलाई जिताउनका लागि निर्देश गरेको एमालेले बुधबार अखिल नेपाल महिला संघको बृहत भेला आयोजना गर्यो ।

उर्लाबारी–२ स्थित हाम्रो बचत सहकारीको सभाहलमा सयौंको संख्यामा भेला भएका महिलाहरुलाई पार्टीका जिल्ला स्तरीय नेतृत्वले संगठनलाई मजबुत बनाउदै चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन आग्रह गरेको छ ।

कार्यक्रममा बोल्दै अनेमसंघ मोरंग ९ नम्बर क्षेत्रीय इन्चार्ज एवं एमाले जिल्ला कमिटी सदस्य भिष्मा रेग्मीले सूर्यध्वजाबाहक उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्ने खाचो औल्याउनुभयो ।

नेतृ रेग्मीले भन्नुभयो– ‘यो बेला एमालेको पक्षमा देशव्यापी लहर आएको छ, अब कसैका हत्केलाले सूर्य छेकिने छैन । ’ नगरपालिका तथा अन्य सामुदायिक/सरकारी निकायले गरिरहेका नियमित जनहितका कामलाई आफ्नो पार्टीको नेतृत्वमा भएको भन्दै विपक्षीहरुले भ्रम फैलाइरहेकोले सचेत हुन उहाले मतदातालाई समेत आग्रह गर्नुभएको छ ।

केही समययता उर्लाबारीमा सामाजिक सरोकारका क्षेत्रमा भइरहेका गतिविधिलाई आफ्नै पार्टीको नेतृत्वमा भएको भन्दै कतिपय दलले ‘चुनावी फण्डा’ बनाउन थालेका छन् ।

कार्यक्रमका अन्य अतिथिहरु एमाले मोरंग जिल्ला सचिवालय सदस्य भुपालसिं जिमी,मानबहादुर श्रेष्ठ,लक्ष्मी भण्डारी, मिना पौडेल लगायतले मन्तव्य राख्दै विपक्षीका भ्रमलाई चिर्न एमाले कार्यकर्ता सक्रिय भएर लाग्न निर्देशन दिएका थिए ।

उर्लाबारी क्षेत्रमा भइरहेका कतिपय खानेपानी विस्तार, सडक मर्मत तथा ग्राभेलका कामलाई आप्mनो नेतृत्वमा भएको भन्दै कांग्रेसले गर्दै नगरेको कामको जस लिने गरिरहेको भन्दै नेताहरुले आपत्ति प्रकट गरेका थिए ।

एमाले नेता मानबहादुर श्रेष्ठले भन्नुभयो– ‘दुई चार टिफर गिटि बालुवा झारेर मतदातालाई प्रभावित पार्नुभनेको निर्वाचन आचारसंहिता विपरित हो । यसको ढटेर प्रतिबाद गर्नुको विकल्प छैन ।’

कार्यक्रममा एमाले मोरंग ९का क्षेत्रीय अध्यक्ष गंगाप्रसाद बास्तोला, नेता मनोरथ भण्डारी, नगर सहसचिव मेनु पाण्डेको पनि आतिथ्य रहेको थियो । कार्यक्रम अनेमसंघ उर्लाबारी संयोजक इन्दिरा राईको सभापतित्वमा भएको थियो ।