९ मंसिर २०८३, बुधबार

राष्ट्रपतिले बिहीबार सरकारको नीति तथा कार्यक्रम पेश गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुहुने भएको छ ।

बिहीबार अपरान्ह चार बजे बस्ने संसद बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

बजेटका सैद्धान्तिक विषयहरूमै छलफल हुन नपाइ सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

एमालेको अवरोधका कारण संसदमा सरकारले ल्याउने भनेको बजेटको सैद्धान्तिक विषयमा छलफल हुन नसकेको हो ।