९ मंसिर २०८३, बुधबार

ललितपुर महानगरमा कांग्रेसका महर्जन विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ ।

कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो ।

महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपप्रमुख पदमा कांग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पार्नुभयो ।

शाक्यले १४ हजार २४० मत प्राप्त गर्नुभएको छ । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो ।