२१ कार्तिक २०८३, शनिबार

निर्वाचनको विषयमा प्रजिअद्वारा सिरहाका सञ्चारकर्मीहरुसँग परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १० जेठ । यही ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन धादलीरहित तथा सहज बातावरणमा कसरी गराउने विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जिल्लाका सञ्चारकर्मीहरुसँग परामर्श गर्नुभएको छ ।

परामर्शका क्रममा प्रजिअ श्रेष्ठले निर्वाचन नै विथोल्ने र धाँदली गर्ने जस्ता सूचना आफूहरुलाई दिएर सहयोग गर्न सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– निर्वाचन विथोल्ने केहि तत्वहरु चलखेल गर्न सक्छ । त्यसप्रति हामी सचेत छौं । तपाईहरु कहाँ पूर्व सूचना आयो भने हामीलाई जानकारी समयमै दिँदा निर्वाचन सहज हुनेछ ।’

निर्वाचनको तयारी करिब करिब पुरा भइसकेको बताउँदै प्रजिअ श्रेष्ठले यही जेठ ३१ गते निर्वाचन हुने पक्का भइसकेकोले निर्वाचनको वातावरण बनाइदिन सकारात्मक सन्देश प्रवाह गरेर सहयोग गर्न सर्वसधारणसँग समेत आग्रह गर्नुभयो । उहाँले आज सर्वदलीय बैठक गरेर राजनीतिक दलहरुसँग छलफल गर्ने समेत बताउनुभयो ।

उक्त छलफलमा नेपालका प्रहरीका प्रमुख तथा एसपी शेखर कोइराला, सशस्त्रका प्रमुख तथा एसपी चन्द्रप्रसाद भट्ट र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा एसपी रिबेन कुमार गच्छदारको समेत सहभागिता रहेको थियो ।