२१ कार्तिक २०८३, शनिबार

एमालेको पार्टी नेतृत्वलाई २४ घण्टे अल्टिमेटम

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सलिम अन्सारी

प्युठान, १० जेठ । एमालेका कार्यकर्ताले प्यूठान जिल्ला कमिटीलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निर्णय सोमबार पार्टी नेतृत्वले गरेपछि स्थानीय नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।

राष्ट्रिय जनमोर्चासँगको तालमेलको समीकरण तत्काल फिर्ता गर्नुपर्ने कार्यकर्ताहरूको माग छ । उनीहरूले एमाले प्यूठान जिल्लामा बलियो रहेको जनाउँदै तालमेलको निर्णय खारेज गर्न दवाव दिएका हुन् ।

सोमबार एमाले र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्षहरूले सहमति गरेर स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने सहमति भएको जनाएका थिए ।

एमालेको स्वगद्वारी नगरपालिका नगर कमिटीका संयोजक हीरामणि भण्डारीले कार्यकर्ताको भावना विपरित पार्टी नेतृत्वले तालमेल गरेको भन्दै आपत्ति जनाए ।