काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले ११८८५ मतसहित अग्रता लिइरहेका छन् ।
बुधबार बिहानको मत परिणाम अनुसार शाक्यले ४१११५ मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले २९२३० मतपाएका छन् । तेस्रो स्थानमा विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले १५१७२ साथ पछ्याइ रहेकी छिन् ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले २६२२६ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले २२५८६ मत पाएकी छिन ।
पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसीले ३२९४६ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले २७०७० मत पाएका छन् । जिसीले ५८७६ मतसहित अग्रता कायम गरेका छन् ।











प्रतिक्रिया