काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक अन्ततः बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तीनपटक सरेको थियो । बैठक भोलिसम्मका लागि सरेको छ ।
संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि सुरु भएको बैठकको मंगलबारको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।
स्थानीय तहको सङ्ख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्ने जनाएको छ ।












प्रतिक्रिया