रुपन्देही, ९ जेठ । बुटवल उपमहानगरपालिका–१२ ज्यामिरे बस्ने २७ वर्षीय नरबहादुर गाहा मगर सोमबार जंगलबाट आएको गोली लागेर घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुटवल तामनगरमा घर बनाउने काम गरी आप्mनो घर फर्कने क्रममा चारपाला जङगलबाट आएको गोली लागेर गम्भीर घाइते भएका गाहालाई उपचारको लागि मेडिकल कलेज भैरहवामा लगिएको छ ।
उनलाई भरुवा बन्दुकको गोली लागेको आशंका गरिएको छ । हतियार कसले पडकाएको भन्ने खु्ल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया