
काठमाडौँ, १० जेठ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य भारी मतले अगाडि देखिएका छन् ।
पछिल्लो मतगणना अनुसार, शाक्यले काँग्रेसका राजुराज जोशीलाई १३ हजार ५ सय ४० मत मतअन्तरले पछाडि छाडेका छन् ।
शाक्यले ४५ हजार ३ सय १३ मत प्राप्त प्राप्त गरेका छन् भने कांग्रेसका जोशीले ३१ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशीलकी रञ्जु दर्शनाले १६ हजार ५ सय २३ मत ल्याएकी छिन् । साझा पार्टीका किशोर थापाले १२ हजार ५ सय तीन मत ल्याउँदै रञ्जुलाई पछ्याइरहेका छन् ।
माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ५ हजार ७ मत ल्याएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी भारी मतले अगाडि छिन् । उनले ४१ हजार २ सय २३ मत प्राप्त गरेकी छिन्।
राप्रपाका राजाराम श्रेष्ठले २४ हजार ६ सय १८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादव छिन् । उनले ८ हजार ८६ मत प्राप्त गरेकी छिन् ।
मुख्य निर्वाचन अधिकृतका अनुसार, अहिलेसम्म ८० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ। १ लाख ३६ हजार भन्दा बढी मत गणना भइसकेकाले अब करिब २६ हजार मत मात्रै गन्न बाँकी छ ।अब काठमाडौं महानरपालिकाको १०, १४ र १६ वडाको मात्रै मत गन्न बाँकी छ।











प्रतिक्रिया