
काठमाडौँ, ९ जेठ । नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ ।
महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो । बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
साँढे दुई दशक लामो बैंकिंग करिअरका क्रममा महिला उद्यमीहरुलाई पुर्याएको योगदान बापत उहाँलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ । समितिको उपसभापति मनोनित भएकोमा निकै खुसी लागेको बैंकर श्रेष्ठले बताउनुभएको छ । आगामी दिनमा महिला उद्यमीहरुको सशक्तिकरण र थप व्यवसायिक बनाउन सक्दो योगदान पुर्याउने उहाँले बताउनुभएको छ ।















प्रतिक्रिया