२१ कार्तिक २०८३, शनिबार

संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को आज बिहान ११.०० बजेका लागि बोलाइएको बैठक अपराह्न १५.०० बजेका लागि सरेको छ ।

संसद् सचिवालयका अनुसार प्रमुख राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेका कारण बैठक पर सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्नुहुने छ ।

यस्तै आव २०७४/७५ का लागि सरकारले प्रस्तुत गर्ने बजेटका सम्बन्धमा सांसदको सुझाव लिनका लागि बजेटपूर्वको छलफल गरिने कार्यसूची छ । संसद्को बर्खे अधिवेशन सोमबारदेखि सुरु भएको हो । रासस