९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरमा शाक्यको अग्रता, उपमेयरमा कांग्रेसकी हरिप्रभा अगाडि

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरिप्रभा खड्गी

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको आज बिहानसम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा एमालेको अग्रता कायमै रहेको छ ।

मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।

विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गर्नुभएको छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमहानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो । रासस