९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के होला निर्णय ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दश बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संसदको आजको बैठकमा विशेष सम्बोधन गरेर राजीनामा दिने विषयमा छलफल हुन सक्नेछ ।

प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको पूर्वसर्त अनुसार पदबाट राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने स्रोतहरूको दाबी छ ।

स्थानीय तहको संख्या बढाउने निर्णय गरेका दाहालको प्रमुख विपक्षी दल एमालेले विरोध गरेको छ । सो विषयमा प्रतिपक्ष दलको कसरी सामना गर्ने भन्ने विषयमा पनि समीक्षा हुनेछ ।

बैठकमा स्थानीय तहको दोस्रो निर्वाचनको तयारी, बजेट, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।