९ मंसिर २०८३, बुधबार

चार महानगरमा को–को अगाडि, काठमाडौंमा एमालेका शाक्य ९ हजार मत अगाडि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले ठूलो मतअन्तरसहित अग्रता लिएका छन् ।

शाक्ले मंगलबार बिहान प्राप्त पछिल्लो मत परिणाम अनुसार ३३२४७ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले २४१०५ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा रहेकी विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शना न्यौपानेले १३००३ मत पाएकी छिन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम छ । महर्जनले १९५८३ मत पाएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले १७६४८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका साझा पार्टीका रमेश महर्जनले ११९०९ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले २३२८० मत पाएका छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २०३७८ मतसहित पछ्याइ रहेकी छिन् ।

पोखरा लेखनाथ महानगरमा एमालेका मानबहादुर जिसीले २०५४० मत पाएका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले १९५०३ मतसहित पछ्याइ रहेका छन् ।