२१ कार्तिक २०८३, शनिबार

अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ८ जेठ । उपत्यकाका तीन जिल्लाका पत्रकार महासंघ शाखाले आगामी बजेटमा अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध माग गरेका छन् ।

आज महासंघका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णवहादुर महरा, सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई ज्ञापन पत्र बुझाई प्रेस काउन्सिलबाट अनलाइनलाई पनि बर्गीकरण गर्ने गरी आगामी बजेटमार्फत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन गरेका हुन् ।

तीनै शाखाको तर्फबाट काठमाडौ शाखाका अध्यक्ष शन्तराम विडारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा र सञ्चारमन्त्री कार्कीलाई मन्त्रालयमा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन्  ।

ज्ञापन पत्रका अहिले वितरण भइरहेको पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन दोब्बर पार्नुपर्ने, बजेटमा साना सञ्चारमाध्ययमलाई आत्मनिर्भर हुने खालको निति ल्याउनु पर्ने, जेष्ठ पत्रकारलाई मासिक ५ हजार उपलब्ध गराउनुपर्ने, पत्रकारको दुर्घटना बिमाको सट्टा जीवन विमा गर्नुपर्ने पत्रकारलाई यातायातमा छुट दिनु पर्ने जस्ता माग गरिएको छ ।

यसैगरी आगामी बजेटमा अहिलेसम्म आफ्नो भवन नभएका उपत्यकाका तीन शाखाको भवन निर्माण गर्न जग्गा र आर्थिक सहयोग उपलब्ध गराउनु पनि माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै उहाँहरुले आफूहरु पत्रकारको हकहितको लागि प्रतिवद्ध भएको बताउदै माग बारे सकारात्मक भएको प्रतिक्रिया दिनु भएको काठमाडौ शाखाका अध्यक्ष विडारीले बताए ।